२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओलीले दोहोरो भूमिका खेले : माओवादी 

ADV
मध्यान्ह
२०८१ असार १८ गते १२:३१
ओलीले दोहोरो भूमिका खेले : माओवादी 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समीकरण बदलेर एमालेले कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको छ । 

आज बिहान बालुवाटारमा पार्टीका पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरूसहितको बैठकले विकसित राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ । माओवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । 

प्रधानमन्त्री ‘प्रचण्ड’सँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise