२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस-एमाले सत्ता समीकरणले लोकतन्त्र खतरामा : एकीकृत समाजवादी

ADV
मध्यान्ह
२०८१ असार १८ गते १३:२७
कांग्रेस-एमाले सत्ता समीकरणले लोकतन्त्र खतरामा : एकीकृत समाजवादी

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणलाई चरम अवसरवाद भएको बताएको छ । एकीकृत समाजवादी सत्ताको सम्झौतामा संविधान संशोधनको कुरा पनि समावेश भएकोमा विरोध गरेको छ ।

नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा भएको नेकपा एसको बुझाई छ । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको बताएका छन । 

उनले भने,‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन । यो अधिकार अमुक दललाई छैन ।’
 

ADVADV

सम्बन्धित खबर

Advertise