२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

ADV
मध्यान्ह
२०८१ असार १८ गते १३:४३
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं : नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । 

कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा विपक्षी रहेका दलहरूको संयुक्त बैठक बोलाएको हो ।

बैठक मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि कांग्रेस सभापति देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन् ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise