काठमाडौंः कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ । उनलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कालो झण्डा देखाइएकाे ।
अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका कारण ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । उनीहरुले मन्त्री चौधरीकाे राजीनामा माग समेत गरेका छन् ।