२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पोखरीमा डुबेर दुई बालकको मृत्यु

ADV
मनु यादव निरज
२०८१ असार १८ गते १४:५९
पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा : सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरिया टोलका शुशील मण्डलका छोरा ६ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार सोमबार दिउँसो ११ बजेबाट हराइहेका दुबै बालक प्रहरीको समेत सहयोगमा राति अबेरसम्म खोजतलास गर्दा पनि फेला परेका थिएनन् ।

मंगलबार बिहान गाउँकै एक स्थानीयले खेत खन्न गएको बेला बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेश‍िक अस्पताल सिरहा लगेको छ ।

यस क्षेत्रमा पोखरीका साथै जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको खाल्डोमा डुबेर वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ ।

वर्षायाम शुरु भएसँगै खाल्डो र पोखरीहरूमा पानीको सतह बढ्ने र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise