२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन फेरि स्थगित

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते १७:३२
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन फेरि स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचन समितिले बिहीबारसूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ ।

नेविसंघको नाममा २ वटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि विवाद उत्पन्न हुँदा केन्द्रीय क्याम्पसमा मंगलबार निर्वाचन हुन सकेको थिएन ।

नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । बिहीबार पनि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।  

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो । 
शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्की नेतृत्वमा प्यानल खडा गरेका छन् ।  

बडैलाले निर्वाचन समितिसमेतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए । 
अदालतले अन्तरिम आदेशको छलफल टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरेको नर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले बताए ।

ADV

सम्बन्धित खबर

Advertise