२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

एमाले पनि सडक प्रदर्शनमा !

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते १८:३४
एमाले पनि सडक प्रदर्शनमा !

काठमाडौं : सरकार संचालन गरिरहेको नेकपा (एमाले) ले सडक प्रर्दशन गर्ने घोषणा गरेको छ ।

एमालेले संंघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । मुलुकमा भइरहेका प्रतिगामी गतिविधिविरूद्ध जनतालाई सचेत गराउन एमालेले यस्तो कार्यक्रम आयोजना गर्न लागेको महासचिव शंकर पोखरेलले बताए ।

११ चैतमा एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा एमालले गरेको हो ।

महासचिव पोखरेलले बिहीबार सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

११ चैतदेखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा ११ चैतमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल ¥याली आयोजना गरिनेछ ।

१८ चैतमा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गरिनेछ भने २४ चैतदेखि ३० गतेसम्म बागमतीबाहेकका छवटै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने गरिने छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सचिवालयको ४ चैतमा बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धि रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise