२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

आज विश्व कविता दिवस मनाइँदै

shivam cement
२०८१ चैत ८ गते ०७:४६
आज विश्व कविता दिवस मनाइँदै

काठमाडौँ : आज पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसंघले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । 

आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध संघर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस अन्तर्राष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तर्राष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रूपमा नौरोज दिवस मनाइन्छ । यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ । 

डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो । यसबाट विश्वका सबै क्षेत्र केही हदसम्म प्रभावित छन् । 

ADV

सम्बन्धित खबर