२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

माओवादीलाई लागेको रोगको उपचार जनताले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

draupadi film
मध्यान्ह
२०८१ चैत ९ गते १६:०९
माओवादीलाई लागेको रोगको उपचार जनताले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

काठमाण्डौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई लागेको रोगको उपचार श्रमजीवी जनताले मात्रै गर्न सक्ने बताएका छन् ।

तराई–मधेश जागरण अभियानअन्तर्गतको शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादीलाई लागेको रोगको उपचार श्रमजीवी जनताले मात्रै गर्न सक्ने बताएका हुन् ।

उनले माओवादीलाई जनताले नै सत्तामा पु¥याएका बताए । कांग्रेस, एमाले वा कुनै राजा–महाराजाले माओवादीलाई सिंहदरबार नपु¥याएको उनको भनाइ छ ।

दाहालले शान्ति प्रक्रियापछि माओवादीको आफ्नो वर्गसँगको दूरी बढेको स्वीकार गरे । आदिवासी जनजाति, पीडित, थारु, मजदुर, दलितकै काखमा माओवादी हुर्किएको बताउँदै उनले शान्ति प्रक्रियापछि उत्पीडित वर्गसँगको दूरी बढेको र जनतामा फ्रस्टेसन पैदा भएको उल्लेख गरे ।

आफूहरूलाई सच्चिन जनतालाई साथ दिन आग्रह गर्दै अध्यक्ष दाहालले तराई मधेश जागरण अभियानका क्रममा माओवादीप्रति जनतामा उत्साह, तरङ्ग र भरोसा बढिरहेको दाबी गरे । 

उनले काठमाडौंमा जाली, फटाहाहरूको बीचमा बसेर गफ गर्नुभन्दा जनताको बीचमा बस्दा आनन्द अनुभूति आफूहरूको पनि बताए ।

अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने उनले बताए । अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्ने र राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनुपर्ने उनको सुझाव छ । 
 

ADV

सम्बन्धित खबर

Advertise