२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कर्णाली नदीको फोहोर संकलन

Nada
सन्तोष पौडेल
२०८१ चैत ९ गते २१:३४
Shares
कर्णाली नदीको फोहोर संकलन

बर्दिया : बर्दियामा विश्व पानी दिवसको अवसरमा कर्णाली नदीको फोहोर संकलन तथा व्यवस्थापन गरिएको छ । गेरुवा गाउँपालिकाको सनकट्टी घाट र राजापुर नगरपालिको तिघ्रा घाट गरी करिव ३ किलोमिटर नदी किनारको नगल्ने फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको हो । 

ncell

विश्व वन्यजन्तु कोष नेपालद्वारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकारअन्तर्गत दार्विन इनिसिएटीभको सहयोगमा सञ्चालित कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सवलीकरण परियोजना’ अन्तर्गत कर्णाली नदी तटीय क्षेत्रमा गठित समूहका सदस्यहरु, जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय राजापुर, सशस्त्र प्रहरी बल राजापुर लगायत ओत संरक्षणका लागि जुटेका संघसंस्थाहरुको सहभागितामा फोहोर संकलन तथा व्यवस्थापन गरिएको हो ।

‘एक घण्टा पानीका लागि’भन्ने मूल नाराका साथ गरिएको नदी सरसफाइले स्थानीयस्तरमा सचेतना निर्माण गर्दै पर्यावरण संरक्षणका लागि दीगो फोहोर व्यवस्थापनमा स्थानीयलाई अग्रसर बनाउन ठूलो सहयोग पुग्ने देखिन्छ ।
 

ताजा खबर

सम्बन्धित खबर