२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

संसदमा बालेनमाथि खनियो एमाले

draupadi film
मध्यान्ह
२०८१ जेठ २२ गते १३:०८
संसदमा बालेनमाथि खनियो एमाले

काठमाडौं : नेकपा एमालेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह संयमता गुमाउँदै गएको आरोप लगाएको छ ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका एमालेका सचिव भट्टराईले मेयर शाहको आलोचना गर्दै उनले संयमता गुमाउँदै गएको आरोप लगाएका हुन् ।

चुनाव जित्ने बित्तिकै मेयर बालेनलाई आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएर त्यसको धुनमा काम गर्न अनुरोध गरेको स्मरण गर्दै भट्टराईले तबलाको अर्थ करुणा प्रेम संयमता भएको, तर काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै गएको बताए ।

महानगर प्रमुख शाहले हिजो लडेर अहिलेको व्यवस्था ल्याउने नेताहरूकै मजाक उडाएको टिप्पणी गरे । नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेकोमा भट्टराईले असन्तुष्टि पोखेका हुन् ।

उनले भने, 'नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौं । त्यसवापत तपाईं आज काठमाडौं महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाइलाई तपाईंले आज मजाक उडाउने ?'

काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानूनले दिएको सीमामा बस्न उनले मेयर शाहालाई आग्रह गरे । 

ADV

सम्बन्धित खबर

Advertise