२०८१ चैत १२ गते मङ्गलवार / Mar 25 , 2025 , Tuesday
२०८१ चैत १२ गते मङ्गलवार
Ads

देउवाले राप्रपालाई भने–पूर्वराजालाई नै पार्टी सभापति बनाउनू

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते १५:२७
देउवाले राप्रपालाई भने–पूर्वराजालाई नै पार्टी सभापति बनाउनू

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नरहेको उल्लेख गरेका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजतन्त्र नफर्किने दाबी गर्दै ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको बताएका हुन् ।

उनले ज्ञानेन्द्रलाई राप्रपाको पार्टी सभापति बन्न समेत सुझाव दिए । उनले भने ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुःख पाउँछन् ।’

ADV

सम्बन्धित खबर

Advertise