२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

६० किलो सुन तस्करी प्रकरण : ८ अभियोगमा ६० जना प्रतिवादीविरुद्ध मुद्दा दायर

ADV
मध्यान्ह
२०८१ असार १८ गते १७:५०
६० किलो सुन तस्करी प्रकरण : ८ अभियोगमा ६० जना प्रतिवादीविरुद्ध मुद्दा दायर

काठमाडौँ : ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ८ अभियोगमा ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।  ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको सुन तस्करीमा सलंग्न ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दर्ता भएको हो । 

डमी कम्पनीबाट इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा लुकाएर गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसमध्ये २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा र बाँकी अरु ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर तस्करी गरेको पाइएको छ । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको सीआइबीको प्रतिबेदनमा उल्लेख छ  ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ । 

अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा रकम जम्मा गरी अवैध सुनको भुक्तानी भएको अनुसन्धानमा देखिएको थियो ।

अभियुक्तहरू माथि अब भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise