रौतहट : भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले रौतहट दुर्गा भगावती गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमार सुढीलाई सशस्त्र प्रहरीले भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष बस्नेतले बताए ।
भारतबाट साइकल चढेर आउँदै गरेका सुढीलाई शनिबार चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोलाभित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको उपरीक्षक बस्नेतले बताए । नियन्त्रणमा रहेका सुढीलाई भन्सार कार्यालयमा बुझाउने सशस्त्र ११ नं गणले जनाएको छ ।