२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

जुवेलमा घुम्ती शिविरः नेपाली श्रमिकले पाए सेवा

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते २१:५८
जुवेलमा घुम्ती शिविरः नेपाली श्रमिकले पाए सेवा

साउदी : साउदी अरबको जुवेल सहरमा नेपाली राजदूतावासले २ दिने घुम्ती शिविर सम्पन्न गरेको छ । रियादबाट टाढा रहेका नेपाली श्रमिकहरूको सहजताका लागि २०८१ चैत ८ र ९ गते (२१–२२ मार्च २०२५) मा आयोजित शिविरले हजारौं श्रमिकहरूलाई राहत दिएको छ । शिविरमा १,०२५ जनाले विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि प्रत्यक्ष दर्ता गराएका थिए । यसका साथै रोजगारदाताले बहिर्गमन भिसा(एक्जिट भिसा) प्रक्रिया पूरा नगरेका १० जनाले नेपाल फर्किनका लागि आवश्यक फारम भरेका थिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरब र अन्य सामाजिक संस्थाहरूको सहयोगमा राजदूतावासले शिविर आयोजना गरेको थियो । शिविरबाट प्राप्त सेवा शुल्कले करिब ७६ लाख नेपाली रुपैयाँ (२०६,५०० साउदी रियाल) राजस्व संकलन भएको छ ।

विशेषगरी कम आय भएका, रियादसम्म जान नसक्ने र बिदाको अभावमा सेवा लिन नसकेका श्रमिकहरूका लागि यो शिविर प्रभावकारी सावित भएको छ । श्रमिकहरूकै कार्यस्थलमा पुगेर सेवा दिने राजदूतावासको यो पहलले श्रमिकहरूलाई ठूलो सहयोग पु¥याएको छ ।

राजदूतावासले शिविर सफल पार्न सहयोग गर्ने सबै संघसंस्था, स्वयंसेवक र पदाधिकारीहरूलाई धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise