२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

उपेन्द्र यादवमाथि लगाइएको आरोप प्रमाणित गर्न जसपा नेपालको चुनौती 

Nada
२०८१ चैत ११ गते १४:२९
Shares
उपेन्द्र यादवमाथि लगाइएको आरोप प्रमाणित गर्न जसपा नेपालको चुनौती 

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि खगेन्द्र सुनारले वा उनको नामबाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप गलत भएको बताएको छ ।

ncell

जसपाले एक विज्ञप्ति जारी गर्दै उक्त आरोप  अत्यन्तै गलत, भ्रामक, निराधार, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिको रहेको बताउँदै तथ्यको आधारमा प्रमाणसहित प्रमाणित गर्न सम्बन्धित पक्षलाई चुनौती दिएको छ । 

‘क्षणिक लाभको लागि सामाजिक सद्भाव र सहिष्णुता भाड्ने, व्यक्ति र संगठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भइ नियोजित ढंगले प्रचार गरिएको छ। उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौं । सस्तो र क्षणिक लोकप्रियताको लागि लगाइएको यो मनगढन्ते आरोपलाई सत्य, तथ्यको आधारमा प्रमाणसहित प्रमाणित गर्न सम्बन्धित पक्षलाई चुनौती छ, होइन भने आपराधिक मानसिकता बोकेर फटहा, जस्तो दुष्प्रचार गर्ने धृष्टता बन्द गर्नुस्’, विज्ञप्तिमा भनिएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर