२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

Nada
२०८१ चैत ११ गते १८:५०
Shares
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

काठमाडौंः नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् ।

ncell

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेको उक्त सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला (सङ्खुवासभा), इन्जिनियर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजङ्ग शाह (बाँके), डा नीरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर