२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

सरकारलाई बद्‌नाम गर्नेहररु सक्रिय भएका छन् : प्रधानमन्त्री

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १३:५९
सरकारलाई बद्‌नाम गर्नेहररु सक्रिय भएका छन् : प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्‍याउने कामहरु भइरहेको बताएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुट फैलाउनेहरु सक्रिय बनिरहेको बताउँदै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने उल्लेख गरे । 

उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा भएकाे उल्लेख गर्दै यसलाई साकार पार्न सरकार पार्नतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए । 

उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, कसरी झुट फैलाउन सकिन्छ भनेर धेरै नै सक्रिय देखिन्छन् । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्न ।  हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौं । अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । हामी आफ्ना विषयमा केन्द्रित हुन्छौं ।’


 

ADV

सम्बन्धित खबर

Advertise