२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

हत्यामा संलग्न १६ जना पक्राउ

shivam cement
२०८१ चैत १३ गते १६:१८
Shares
हत्यामा संलग्न १६ जना पक्राउ

काठमाडौंः चन्द्रागिरी नगरपालिका–७ बस्ने दोलखा मेलुङ गाउँपालिका–४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न १६ जना पक्राउ परेका छन् । काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

काठमाडौं महानगरपालिका-१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिइ झगडा हुँदा आशिष समेतका  व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर