२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

बर्खास्तीविरुद्ध कुलमान सर्वोच्चमा

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते १७:४४
बर्खास्तीविरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

घिसिङले गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् ।
सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिए । ‘रिट आइपुगेको छ हेर्न भ्याइएको छैन । बिहीबार मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ’, कुँष्केलले भने ।

घिसिङले अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरिएको हो । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशसमेत उनले माग गरेका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनलाई पदमुक्त गर्दै हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । शाक्यले जिम्मेवारी सम्हालिसकेका छन् । 

घिसिङलाई हटाइएको विरोधमा काठमाडौैंमा प्रदर्शन भएको छ भने विपक्षी दलहरू सरकारी निर्णयको विरोध गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise