२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनका गहनासहित एक जना पक्राउ

shivam cement
२०८१ चैत १३ गते १८:४४
Shares
सुनका गहनासहित एक जना पक्राउ

काठमाडौंः बिल बिजक नभएका सुनका विभिन्न गहना सहित काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका–५ घर भएका ४१ वर्षीय दिपेश लाल चित्रकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१५ स्वयम्भु आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई सुन जडित पोतेसहितको माला १८ थान, क्रिष्टल सहितको माला १३ थान, टप ३ जोर, तिलहरी १ थान लगायत विभिन्न गहनासहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

सम्बन्धित खबर