२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आइपीएलमा सट्टाबाजी गर्ने ११ भारतीय पक्राउ

shivam cement
२०८१ चैत १३ गते १९:२५
Shares
आइपीएलमा सट्टाबाजी गर्ने ११ भारतीय पक्राउ

काठमाडौं : अनलाइन सट्टाबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनीहरूले अनलाइन जुवामार्फत २ अर्ब रुपैयाँभन्दा बढीको सट्टाबाजी सञ्चालन गर्दै आएका थिए । काठमाडौंको बूढानीलकण्ठमा भाडाको घरबाट उनीहरू सट्टाबाजी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानमा ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढानीलकण्ठ–३, देउला टोलस्थित भाडामा लिएको घरमा छापा मार्दा उनीहरूलाई अनलाइन सट्टाबाजी सञ्चालन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी परिसका एसपी अपिल बोहोराका अनुसार उनीहरुले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता लगायतका खेलहरूमा सट्टाबाजी सञ्चालन गर्दै आइरहेका थिए ।

प्रहरीले विभिन्न कम्पनीका ३४ वटा मोबाइल फोन, ५ वटा ल्यापटप, ४ वटा हिसाब किताब अभिलेख रहेको नोटबुक, १४ वटा भारतीय बैंक खाताका चेकबुक, २७ वटा भारतीय एटीएम कार्ड र ४० वटा भारतीय सिमकार्ड बरामद भएको छ । 

पक्राउ परेकाहरू सबै भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूमा जयपुरका २४ वर्षीय सनी मिणा, आलुवाका २५ वर्षीय मोहित वर्मा, शिक्करका २६ वर्षीय पिउस भारद्वाज, जयपुरकै २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशांत भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार रहेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । प्रहरीले गिरोहका अन्य सदस्यहरूबारे पनि अनुसन्धान जारी राखेको छ ।
 

सम्बन्धित खबर