२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

देवरले गरे भाउजूको हत्या

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते ०९:३३
देवरले गरे भाउजूको हत्या

काठमाडौँ : हेटौँडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले भाउजूको हत्या गरेका छन् । देवर राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । भाउजू गुडियालाई घरमा नभेटिएपछि खोजतलास गर्दा घर पुगेको प्रहरीले माथिल्लो तलामा राति ९ बजे महिला मृत अवस्थामा भेटिएको हो ।

उनले मादक पदार्थ सेवन पनि गरेका थिए । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

राहुल दासलाई अहिले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise