२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

एकीकृत समाजवादीको प्रथम प्रदेश अधिवेशन धनगढीमा हुने

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १०:१३
एकीकृत समाजवादीको प्रथम प्रदेश अधिवेशन धनगढीमा हुने

कैलाली : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिए । अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उनले बताए ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत पदाधिकारीको सहभागिता रहने बताए । उनले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए ।

प्रदेशमा एकीकृत समाजवादीका १७ हजार ६७९ जना सङ्गठित सदस्य रहेको र प्रथम प्रदेश अधिवेशनमा करिब पाँच सय जना सहभागी हुने जानकारी दिइयो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise