२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरूबीच विवाद छैन : प्रचण्ड

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते ११:४०
शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरूबीच विवाद छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गरेका छन् । 

बिहीवार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए ।

प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताए । उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने उनको धारणा थियो ।

ADV

सम्बन्धित खबर

Advertise