२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्ति पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १७:३९
अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौंः अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । 

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो । 

उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

ADV

सम्बन्धित खबर

Advertise