२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

सीमावर्ती क्षेत्रबाट तस्करीः सुरक्षाकर्मीको निगरानी चुनौतीपूर्ण

draupadi film
शहबाज खान
२०८१ चैत १४ गते २०:३६
सीमावर्ती क्षेत्रबाट तस्करीः सुरक्षाकर्मीको निगरानी चुनौतीपूर्ण

कपिलवस्तु : कपिलवस्तुको दक्षिण पश्चिमी सीमावर्ती क्षेत्रहरूबाट खुलेआम तस्करी हुने गरेको छ । 

कोटीया बढ्नी, हर्दौना, कर्मा, बगही, बन्चौरा, कुकुरभुकवा, डुमाई, कृष्णनगर, लक्ष्मीनगर लगायतका स्थानबाट कपडा, चिनी, हार्डवेयर, मलखाद, खाद्यान्न, फलफूल, विदेशी चुरोट जस्ता सामानहरूको तस्करी हुने गरेको हो ।

No description available.

लक्ष्मीनगर ६८ नं. पिल्लर नाकामा सुरक्षाकर्मीको गस्ती हुँदाहुँदै पनि तस्करी नरोकिएको देखिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार साइकल र मोटरसाइकलमार्फत मालसामान ओसारपसार भइरहेको छ ।

केही सुरक्षाकर्मीलाई मासिक रकम बुझाएर तस्करहरू निर्वाध रूपमा सामान वारीपारी गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । 

कहिलेकाहीँ दबाबका कारण सशस्त्र प्रहरीले मालसामान समात्ने गरेको भएपनि तस्करी रोक्न प्रभावकारी कदम नचालिएको सामाजिक अभियन्ताहरू बताउँछन् ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise