२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

आज गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टाछुट्टै प्रदर्शन

draupadi film
मध्यान्ह
२०८१ चैत १५ गते ०८:०५
आज गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौँ : आज काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । 

गणतन्त्रवादीहरूले प्रदर्शनीमार्गमा र राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

यस्तै, राजावादीहरूको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरूले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।

आजको एसइई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि छुट्टाछुट्टै ठाउँ तोकिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise