२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी

ADV
मध्यान्ह
२०८१ असार १९ गते १४:३९
सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी

काठमाडौं : नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । 

आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरे एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । 

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । 

तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

ADVADV

सम्बन्धित खबर

Advertise