काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।
उक्त बैठकमा गणतन्त्र पक्षधरका दललाई मात्र आमन्त्रण गरिएको छ । साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकका लागि शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिसकिएको छ ।
गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
एमालेका मुख्य सचेतक बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेको बर्तौलाले बताए ।