२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

मुकुल ढकाल भन्छन्- ‘मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्’

shivam cement
२०८१ असार १९ गते १४:५०
Shares
मुकुल ढकाल भन्छन्- ‘मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् ।

आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताए ।

उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् ।

‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदिओस,’ ढकालले प्रस्तावमा लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने पनि तयार छु । वा, आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदिओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् ।’

समीक्षा यात्राको प्रतिवेदनका विषयहरू सार्वजनिक गरेपछि विवादमा परेका महामन्त्री ढकालले केन्द्रीय समितिको लाइभ हुनुपर्ने माग राखेका थिए । 

तर पार्टी सदस्यहरूले लाइभ गर्न नहुने भनेपछि उनको उक्त प्रस्ताव अस्वीकृत गरिएको थियो । त्यसपछि आफ्नो बोल्न पाउने अधिकार हनन् भएको आरोप लगाउँदै मुखमा टेप लगाएका थिए ।

ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरूको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरूको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।


ताजा खबर

सम्बन्धित खबर