२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

भरुवा बन्दुकसहित २ जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १७:१७
भरुवा बन्दुकसहित २ जना पक्राउ

स्याङ्जाः पुतलीबजार नगरपालिका–११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एकनाले भरूवा बन्दुक १ थानसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्क बहादुर गुरूङ र सोही नगरपालिका–११ फापरथुम बस्ने ४३ वर्षीय सोम बहादुर गुरूङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise