२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

ADV
मध्यान्ह
२०८१ असार १९ गते १८:५७
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

नयाँ समीकरण बनिसकेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्न आनाकानी गरेपछि उनलाई दबाब दिन एमालेले आफ्ना आठैजना मन्त्री फिर्ता गर्दै समर्थन फिर्ता लिन लागेको हो ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक बर्तौलाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise