२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महामन्त्री मुकुल ढकाललाई रास्वपाले गर्‍यो निलम्बन

ADV
मध्यान्ह
२०८१ असार २० गते ०८:००
महामन्त्री मुकुल ढकाललाई रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।

पत्रमा भनिएको छ– 'महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख)  तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ ।' 

ADVADV

सम्बन्धित खबर

Advertise