२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्रीलाई भेट्न रास्वपाका मन्त्रीहरू बालुवाटारमा,आजै राजीनामा बुझाने तयारी 

ADV
मध्यान्ह
२०८१ असार २० गते १०:३४
प्रधानमन्त्रीलाई भेट्न रास्वपाका मन्त्रीहरू बालुवाटारमा,आजै राजीनामा बुझाने तयारी 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा दिनेबारेमा छलफल गरेका छन् ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि  राजीनामा बुझाउने उनीहरूको तयारी छ । बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएपछि प्रचण्डलाई अन्तिमसम्म साथ दिने निर्णय गरेको रास्वपाले अन्तत: राजीनामाको तयारी गरेको छ । 

राजीनामा बुझाउनुअघि रास्वपाले प्रचण्डसँग विकसित घटनाक्रमबारे परामर्श गरेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि राजीनामा बुझाउने उनीहरूको तयारी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise