२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपाका मन्त्रीले राजीनामा नदिने, प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह

ADV
मध्यान्ह
२०८१ असार २० गते ११:१९
रास्वपाका मन्त्रीले राजीनामा नदिने, प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नबुझाई फर्किएका छन् ।  उनीहरूले प्रधानमनत्रीलाई जतिसक्दो छिटो विश्वासको मत लिन आग्रह गरेका थिए । 

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि  राजीनामा बुझाउने उनीहरूको तयारी थियो । तर छलफलपछि उनीहरुले राजीनामा नदिने बरू प्रधानमन्त्रीलाई बिश्वासको मतमा सघाउने निर्णय गरेका छन् । उनीहरूले जतिसक्दो छिटो संसदमा विश्वासको मतको आव्हान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेर बालुवाटारबाट फर्किएका छन् । 

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएपछि राजीनामाको तयारी गरेको रास्वपाले प्रचण्डलाई अन्तिमसम्म साथ दिने निर्णय गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise