२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सत्य कुरा बोल्दा कारबाहीमा परे : ढकाल

shivam cement
२०८१ असार २० गते १२:०४
Shares
सत्य कुरा बोल्दा कारबाहीमा परे : ढकाल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेको कुरा नमान्दा आफूमाथि कारबाही भएको बताएका छन् । 

रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अमर्यादित र अनुशासनहीन व्यवहार गरेको भन्दै सात दिनका लागि पार्टीबाट निलम्बन गरेको थियो । 

यता प्रवक्ता एवं महामन्त्री ढकालले बोलेकै आधारमा पार्टीले निलम्बन गरेको आरोप लगाएका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा पनि ढकालले आफूमाथि ह्यारेसमेन्ट भएको आरोप लगाएका थिए ।

उनले भने, 'महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । सत्य कुरा बोल्दा दोषी बनाउन खोजिदैछ। पार्टी सभापतिको बिरुद्धमा बोलेकै भरमा ममाथि कारबाही गरिएको छ।'

ढकालको स्टाटस जस्ताको त्यस्तै :

‘२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए। पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ। प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो। मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो–यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने, त्यहि बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे। विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए। मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाहि भएको छ। बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछी पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।  

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केहि परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु। त्यसपछि, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको। मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ। फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

ताजा खबर

सम्बन्धित खबर