२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

राजीनामा नदिने प्रधानमन्त्रीको अडान कायमै 

draupadi film
मध्यान्ह
२०८१ असार २० गते १२:४५
राजीनामा नदिने प्रधानमन्त्रीको अडान कायमै 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नदिने अडान कायमै छ । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि संकटमा परेका उनले राजीनामा दिने मन बनाएका छैनन् । 

संसदका दुई ठुला दल एकातिर भएपछी प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए । संविधानले दिएको अधिकार प्रयोग गरी संसद्‌मा विश्वासको मत लिने तर राजीनामा नदिने अडान माओबादी पदाधिकारी बैठकले गरेको थियो । 

एमालेका मन्त्रीहरूले हिजै राजीनामा दिईसकेका छन् ।  रास्वपाका मन्त्रीहरू राजीनामा बोकेर आज बिहान बालुवाटार पुगेपनि प्रधानमन्त्रीलाई साथ दिने भन्दै राजीनामा नबुझाई फर्किएका थिए । रास्वपाले प्रधानमन्त्रीलाई संसदबाट विश्वासको मत लिन आग्रह गरेको छ ।

कांग्रेस एमालेको समीकरणलाई उपेन्द्र यादव,अशोक राई लगायतका नेतृत्वले साथ दिने वचन दिएका छन् ।  

 

ADV

सम्बन्धित खबर

Advertise