२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँकेमा चोरलाई समात्न प्रहरीले चलायो गोली

ADV
मध्यान्ह
२०८१ असार २० गते १३:२७
बाँकेमा चोरलाई समात्न प्रहरीले चलायो गोली

बाँके : बाँकेमा चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीले बिहीबार बिहान डुडुवा गाउँपालिका-६ शिखनपरुवामा गोली चलाएर चोरी मुद्दामा ६ वर्ष सजाय पाएका अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको छ ।

सरदारलाई डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना फैसला सुनाएको थियो ।

उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गर्दा एक्कासि स्थानीयवासीले अवरोध पुर्‍याएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise