२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमाले मन्त्रीहरूको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मेवारी 

Nada
२०८१ असार २० गते १४:५४
Shares
एमाले मन्त्रीहरूको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मेवारी 

काठमाडौँ : नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।

ncell

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरूको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

यो संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप ८ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी जिम्मेवारी  तोकेका हुन् ।    

ताजा खबर

सम्बन्धित खबर