२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी छानबिन समितिले गृहसचिव र आईजीपीसँग छलफल गर्ने 

ADV
मध्यान्ह
२०८१ असार २० गते १५:२६
सहकारी छानबिन समितिले गृहसचिव र आईजीपीसँग छलफल गर्ने 

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई छलफलमा बोलाएको छ । गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई भोलिको छलफलमा बोलाईएको हो ।  

सहकारीको रकम अपचलनसम्बन्धी प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाईएको हो ।

समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरिसकेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम दुरुपयोगमा मुछिएको भन्दै नेपाली कांग्रेस लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise