काठमाडौँ : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको उल्लेख गर्दै एमालेले सरकार अल्पमतमा परिसकेको बताएको छ ।
विज्ञप्ति हेर्नुहोस :