२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेले फिर्ता लियो लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

ADV
मध्यान्ह
२०८१ असार २० गते १९:२०
एमालेले फिर्ता लियो लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

काठमाडौं : केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ ।

बिहीबार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

लुम्बिनी एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त पत्रमा अबका दिनमा राजनीतिक स्थायित्वको लागि सहमतिको सरकार गठनको पहल गरिएकोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ ।

यस्तै सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् ।

रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise