२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘कांग्रेस–एमालेको गठबन्धन प्रतिगामी’ 

ADV
मध्यान्ह
२०८१ असार २० गते २०:३४
‘कांग्रेस–एमालेको गठबन्धन प्रतिगामी’ 

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेले भ्रष्टाचारका फाइलको डरसँगै परिवर्तन उल्ट्याने योजनासहित गठबन्धन भएको वक्ताहरुले आरोप लगाएका छन् । 

बिहीबार संवाद डबलीमा भएको कार्यक्रममा बौल्दै माओवादीले आफ्नो वर्ग विर्सिएको परिणाम प्रतिगमनकारी शक्तिहरुले टाउको उठाएको समेत दावी गरेका छन् ।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचार मुद्दाबाट आत्तिएका कांग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाए । 

नक्कली भूटानी शरणार्थी प्रकरण र गिरीबन्धु टि स्टेट प्रकरणको कुराले झस्काएपछि मध्य रातमा स्वार्थ मिलनको साइत जुरेको बताउँदै भने, ‘एमालेले सहकारी र एनजियोमार्फत लटु मच्चाएका नेता–कार्यकर्ता जोगाउन र कांग्रेसी हाइप्रोफाइलका मान्छे खोरमा जाने डरले यो अवस्था निम्ताए ।’

संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रचण्डलाई सुझाएको बिडारीले स्मरण गर्दै भने,‘भारतमा १ सय ३ पटक र अमेरिकामा ४ दर्जन पटक संशोधन हुँदा नेपालमा पनि आवश्यक भएको छ, तर परिवर्तनकारीले गर्ने जनपक्षीय हुन्छ, प्रतिगमनकारीले जनअधिकार खोस्न संविधान संशोधन गर्दैछन् ।’

बिडारीले मन्त्रालयको संख्या घटाउनुपर्ने, समानुपातिक प्रणालीलाई नहटाइ प्रतिनिधि सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्मक प्रणालीमा लग्नु आवश्यक रहेको र जुन संविधान संशोधनबाट सम्भव रहेको बताए ।

प्रचण्डले भ्रष्टाचारका फाइल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिडारीको सुझाव छ ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले जनयुद्धको रापतापको कारणले मात्रै कांग्रेस एमालेले परिवर्तनलाई स्वीकारे पनि अहिले मौका आउँदा त्यसलाई उल्ट्याने चेष्टा गरेको आरोप लगाए । संविधान संशोधनका नाममा उनीहरुले उत्पीडित, गरिव जनताको अधिकार खोस्न लागेको आरोप लगाउँदै भने,‘पचास लाख टाउकाको मूल्य तोक्ने र बयलगाडेहरुलाई परिवर्तन पचेको थिएन, सुदुर बस्तिबाट संसदमा जनता पुगेको रुचाएका थिएनन्, गरिबले आँखा जुदाएको मन नपरेर त्यही अधिकार खोस्न तल्लिन छन यिनीहरु ।’

पीटरले वर्तमान परिवर्तन सित्तैमा आएको देख्ने कांग्रेस–एमालेका अगाडि १ दर्जनको संख्यामा विभक्त माओवादी एकजुट भएर क्रान्तिका कार्यभार पूरा गर्ने सुनौलो अवसर पनि भएको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise