२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

यौन दुर्व्यवहारमा परेकी आनन्दी मृत फेला, घटनाबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १२:३८
यौन दुर्व्यवहारमा परेकी आनन्दी मृत फेला, घटनाबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिरहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी महिलाको घटनाबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन् ।

करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।

नवराजपुर गाउँपालिका–३ जगतपुरकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार सोही ठाउँमा रहेको माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

आनन्दीदेवीले ९ पुसमा सोही ठाउँका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले यौन दुर्व्यवहार गरेको बताएकी थिइन् ।

आनन्दीदेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । आनन्दीदेवी दुई वर्षीया छोरीसहित माइतीमा बस्दै आएकी थिइन् । 

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise