२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

संरक्षण ऐन उल्लंघन गर्ने २ व्यावसायिक कम्पनीलाई कारबाही

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते १५:३७
संरक्षण ऐन उल्लंघन गर्ने २ व्यावसायिक कम्पनीलाई कारबाही

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ । 

त्यसैगरी, दुवै व्यावसायिक कम्पनीलाई पनि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाइएको छ ।

सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । एमआरपीबिना सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise