२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

एमालेले संसद सचिवालयलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

shivam cement
२०८१ असार २१ गते १३:२३
Shares
एमालेले संसद सचिवालयलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौं : नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

योसँगै एमालेले प्रतिपक्षमा बस्ने जानकारी पनि दिएको छ । पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् । 

प्रमुख सचेतक बर्तौलाले दिएको पत्रमा लेखिएको छ, ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’

ताजा खबर

सम्बन्धित खबर