रूपन्देहीः १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।