२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमती सरकारबाट बाहिरिदै एमाले 

ADV
मध्यान्ह
२०८१ असार २१ गते १३:३९
बागमती सरकारबाट बाहिरिदै एमाले 

काठमाडौँ : नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको हो । 

बागमतीमा एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया, रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठसहित पाँच जना मन्त्री छन् । प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने बताइएको छ । बागमतीमा  माओबादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise