२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

draupadi film
मध्यान्ह
२०८२ वैशाख १० गते १२:२१
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

संखुवासभा : छात्रावासमा बस्दै आएकी एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा खाँदबारीको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् । 

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा संखुवासभाको सदरमुकाम खाँदबारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

चैनपुर नगरपालिका-३ सिद्धकालीका खत्रीले सूर्यमा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीया बालिकालाई गत आइतबार बिहान करिब १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए । 

खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाएर बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पटक-पटक मानसिक तनाब दिँदै आएका शिक्षक खत्रीले आइतबार मध्यरातमा कोठामा बोलाएर यौन दुरव्यवहार गरेपछि विद्यालय परिषरबाटै उनलाई पक्राउ गरिएको लामिछानेले बताए । 

खत्रीलाई संखुवासभा जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी बाल यौन दुरुपयोग कसुरमा थप अनुसन्धान भइरहेको निरीक्षक लामिछानेले बताए । शिक्षक पक्राउको विषयमा विद्यालय मौन बसेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise